काठमाडाैं । सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गर्न लागेको विरोधमा प्रदर्शनमा उत्रिएका ९२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीका अनुसार काठमाडौंको नयाँ बानेश्वरबाट उनीहरुलाई पक्राउ गरिएको हाे ।
पक्राउ गरिएकाहरूलाई भृकुटीमण्डपस्थित नगर प्रहरीको कार्यालय, प्रहरी वृत सिंहदरबार र बानेश्वरमा राखिएको गिरीले जानकारी दिए ।
प्रदर्शनमा झडप हुँदा १ जना प्रदर्शनकारी र ३ जना प्रहरीसमेत घाइते भएका छन् ।
एमसीसीको विरोधमा बुधवार नेकपा माओवादी केन्द्रका भातृसंगठन, राप्रपाको भातृ संगठन, नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियू र ५ साना कम्युनिष्ट पार्टीहरुले छुट्टाछुट्टै प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण बानेश्वर क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो ।