Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • बानेश्वरमा प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा


    बुधबार, फाल्गुन ४ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताकाे विराेधमा काठमाडौंमा बुधबार प्रदर्शन भएको छ ।

    संघीय संसद भवन नयाँ बानेश्वरमा विभिन्न राजनीतिक दलले प्रदर्शन गरेका हुन् ।

    माइतीघरदेखि नाराजुलुससहित संघीय संसद भवनतर्फ आएका एमसीसी विरोधी प्रदर्शनकारीलाई प्रहरीले संघीय संसद भवनभन्दा २०० मिटर पश्चिम एभरेस्ट होटल नजिक रोकेको छ । तर उनीहरुले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ आउन खोजेपछि प्रहरीसँग झडप भएको छ ।

    प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास, पानीको फोहोरा र लाठी प्रयोग गरेको छ । झडपका क्रममा केही प्रदर्शनकारी घाइते पनि भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार