Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमसीसीकाे विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप, वाईसीएल संयोजक सुमन देवकोटा घाइते


    बुधबार, फाल्गुन ४ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच झडप भएको छ ।

    काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच झडप भएको हाे । झडपमा वाईसीएल संयोजक सुमन देवकोटा घाइते भएका छन् ।

    प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर भ्यानमा कोचेको छ भने प्रदर्शनकारीलाई रोक्न पानीको फोहोरासमेत प्रयोग गरेको छ ।

    माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायत दलका कार्यकर्ताहरु बिहानैदेखि बानेश्वर क्षेत्रमा भेला भएर एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समूह पनि एमसीसीको विरोधमा मिसिएको छ ।

    विरोध प्रदर्शनका कारण माइतीघर–तीनकुने सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार