Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपालले माओवादी र एकीकृत समाजवादीकाे निर्णयका आधारमा एमसीसीबारे रणनीति बनाउने


    बुधबार, फाल्गुन ४ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का सम्बन्धमा सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीले गर्ने निर्णयको आधारमा रणनीति बनाउने भएको छ ।

    माओवादी र एकीकृत समाजवादीले एमसीसीलाई संसदबाट अनुमोदन गर्ने सम्बन्धमा पक्षमा मतदान गरे पक्षमा र विपक्षमा मतदान गरे विपक्षमा मतदान गर्ने रणनीति जसपाले बनाएको हो ।

    ‘माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको पक्ष/विपक्षमा जस्तो भूमिका खेल्छ उनीहरुकै आधारमा जसपाले आवश्यक निर्णय लिनेछ,’ जसपाका सांसद मोहम्मद इस्तीयाक राइले भने ।

    सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीले अहिले अवस्थामा एमसीसी पास गर्न नसकिने स्पष्ट बताउँदै आएका छन् । उनीहरुले एमसीसी सम्झौताका केही बुँदा संशोधन गरेपछि मात्र अनुमोदन गर्न सकिने बताएका छन् ।

    सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले भने एमसीसीलाई हालकै अवस्थमा प्रतिनिधिसभामा टेवल गरी अनुमोदन गनुपर्ने निर्णय गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार