Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय सहमतिविना एमसीसी अगाडि बढाए दुर्घटना हुने नेतृ शर्माकाे चेतावनी


    बुधबार, फाल्गुन ४ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले राष्ट्रिय सहमतिविना एमसीसी अगाडि बढाए दुर्घटना हुने चेतावनी दिएकी छन् ।

    संसद बैठक अघि सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वमन्त्री शर्माले जबरजस्ती एमसीसी अघि बढाउन खोजे ‘दुर्घटना’ हुने बताएककी हुन् ।

    शर्माले भनेकी छन्, ‘विना संशोधन र परिमार्जन, राष्ट्रिय सहमति नगरी संसद अवरुद्ध भएको अवस्थामा एमसीसी अगाडि बढ्दैन । जबर्जस्ती गर्ने हो भने दुर्घटना हुन सक्छ ।’

    जबरजस्ती गरे आन्दोलनमा जानुभन्दा अर्को विकल्प नहुने उनले उल्लेख गरेकी छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार