Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेकाे संसद अवरोध कायमै, आज कार्यव्यवस्था बैठकमा नजाने


    बुधबार, फाल्गुन ४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद बैठक अवरोधलाई कायमै राख्ने भएको छ ।

    आफुले कारवाही गरेका १४ सांसदबारे सभामुख अग्नि सापकोटाले सूचना ननिकालेको भन्दै एमालेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बहिस्कार गर्ने भएको हो ।

    आज बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।

    ‘हामीले उठाउँदै आएको विषय सभामुखले सम्बोधन नगरेका कारण कार्यव्यवस्थामा उपस्थित हुनु र नहुनुको अर्थ छैन । यसअघि पटकपटक गएर ध्यानाकर्षण गराउँदा पनि सम्बोधन नभएकाले आज जाँदैनौं’,नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार