बुटवल । एमसीसी खारेजीको माग गर्दै प्रदर्शन गर्ने ९ जना पक्राउ परेका छन् ।
विप्लव नेतृत्वको नेकपा रुपन्देहीका जिल्ला सदस्य नवीन थारु (नाथु), नेकपा (क्रान्तिकारी माओवादी)का नेता प्रेम सुवेदीसहित ९ जनालाई बन्द गराउँदै हिडेकाे भन्दै प्रहरीले बुटवल बसपार्कबाट गिरफ्तार गरेको हो ।
प्रहरीले विप्लव समूहको युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम् रुपन्देही जिल्ला इन्चार्ज सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारु, नेकपा क्रान्तिकारी माओवादीका प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शशी विक,तुलराज विकलगायत नेता कार्यकर्तालाई पनि पक्राउ गरेको छ ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।