काठमाडाैं । अमेरिकी सहयोग परियोजना एमसिसीकोमा सरकारले विभिन्न दलहरूले आज नेपाल बन्दको घोषणा गरेपछि सरकारले सबै जिल्लामा सुरक्षा सतर्कता बढाएको छ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले आज एमसिसीको विरोधमा नेपाल बन्दको घोषणा गरेपछि सरकारले सुरक्षा सतर्कता बढाएको हो ।
बन्दले लामो दूरीमा चल्ने गाडी भने प्रभावित भएपनि काठमाडौं उपत्यकामा खासै परेको छैन ।
बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधिलाई रोक्न काठमाडौं उपत्यकाका मुख्य मुख्य चोक र सडकका मुख्य स्थानमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् ।
गृह मन्त्रालयले मंगलबार नै सर्कुलर जारी गरेर सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएको थियो ।