Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं उपत्यकाबाट दुई महिलासहित २३ बन्दकर्ता पक्राउ


    बुधबार, फाल्गुन ४ २०७८
    490
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौं उपत्यकाबाट प्रहरीले २३ जना बन्दकर्तालाई पक्राउ गरेको छ । 

    महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा २ महिलासहित २३ जना रहेका छन्।  उनीहरुलाई काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

    यसअघि प्रहरीले कोटेश्वर चोकमा पेट्रोल छर्केर ट्याक्सी जलाउन खोज्ने ५० वर्षीय मंगलबहादुर मोक्तानलगायतलाई पक्राउ गरेको थियो। 

    एमसीसी संझौता संसदमा टेबुल गर्न नहुने माग राखेर विभिन्न संगठनहरुले बुधवार नेपाल बन्द गरेका छन् ।  

    विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आयोजना गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार