Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युक्रेन तनाव: सीमा क्षेत्रबाट फौज फिर्ता गरेको रुसी दाबी, बाइडनले भने- हमला अझै सम्भव


    बुधबार, फाल्गुन ४ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसी हमलाको सम्भावना ‘अझै उच्च रहेको’ भन्दै त्यसो भएमा निकै ठूलो मानवीय मूल्य चुकाउनुपर्ने बताएका छन्।

    टेलिभिजनमा प्रसारित सम्बोधनमा उनले त्यस्तो अवस्थाका लागि जवाफ दिन अमेरिका दृढतापूर्वक तयार रहेको बताएका छन्।

    बाइडनले अहिले पनि युक्रेनतर्फको सीमामा रुसले डेढ लाखजति सैनिक तैनाथ गरेको बताए। मस्कोले भने आफ्ना केही सैनिकहरू फर्कन थालेको घोषणा गरेको छ।

    बाइडनले युक्रेनको सीमाबाट रुसी फौज फिर्तीको खबरलाई अमेरिकाले अझै पुष्टि नगरेको बताए।  रुसी नागरिकहरूलाई सम्बोधन गर्दै बाइडनले उनीहरू ‘आफ्ना शत्रु नभएको’ बताए।

    तर, हमलाको अवस्था आएमा प्रतिबन्ध लगाउन आफूहरू तयार भएर बसेकोमा उनको जोड थियो । रुसी रक्षामन्त्रीले केही फौजहरू फिर्ता गरिएको बताए पनि बाइडनले भने, ‘[रुसी फौज फर्कनु] राम्रो काम हुनेछ, तर अझै हामीले त्यसको पुष्टि गरेका छैनौँ।’

    ‘बरु हाम्रो समीक्षाले उनीहरू अहिले जोखिम सिर्जना गर्नसक्ने अवस्थामा रहेको सङ्केत गर्छ।’ बीबीसी नेपाली 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार