काठमाडौँ । प्रहरीले नेपाल बन्द गराउन निस्केका ६ जनालाई काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रर्ही प्रमुख एसपी दिनेशराज मैनालीका अनुसार जसमध्ये ३ जनाले कोटेश्वर चोकमा ट्याक्सी जलाउने प्रयास गरेका थिए ।
उनीहरु ३ मध्ये एकजना पक्राउ परेका छन् भने दुई जना भागेको एसपी मैनालीले बताए। पक्राउ पर्नेमा काभ्रे घर भएका ५० वर्षीय मंगलबहादुर मोक्तान छन् ।
एमसीसी संझौता संसदमा टेबुल गर्न नहुने माग राखेर विभिन्न संगठनहरुले बुधवार नेपाल बन्द गरेका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आयोजना गरेका हुन् ।