Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड र माधवलाई बाबुरामको चेतावनी: एमसीसीको विरोध गर्ने भए सरकारबाट बाहिरिनु


    बुधबार, फाल्गुन ४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसीसीको विरोध गर्नेहरु सरकारमा बस्न नमिल्ने बताएका छन् ।

    गएराति सामाजिक सञ्जालमार्फत उनले एमसीसीका पक्ष र विपक्ष एउटै गठबन्धनमा रहन नमिल्ने जिकिर गरेका हुन् । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र जसपा एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले त्यसको विरोध गरिरहेका छन्।

    उनले लेखेका छन्, ‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति,राज्यप्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धनरसरकारमा बस्न मिल्दैन ! सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनुहुदैन । भेडा भेडासंग बाख्रा बाख्रासंग हुनु राम्रो !’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार