Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • एमसीसीको विरोधमा आज विप्लवको नेपाल बन्दको घोषणा


    बुधबार, फाल्गुन ४ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले एमसीसी संसदमा टेबुल गर्ने निर्णय गरेको विरोधमा विप्लव नेतृत्वको नेकपासहित पाँच वामपन्थी पार्टीहरुले आज फागुन ४ गते नेपाल बन्दको घोषणा गरेका छन् ।

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, मोहन बैद्यको नेकपा क्रान्तिकारी, आहुतिको वैज्ञानिक समाजवादी, कर्णजित बुढाथोकीको नेकपा (माओवादी केन्द्र) लगायतले भोलि नेपाल बन्द गर्ने भएका हुन् ।

    एमसीसी आज संसदमा टेबुल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बलजफ्ती गरेपछि पाँच वटा पार्टी तथा एउटा मोर्चाले देशव्यापी नेपाल बन्दको घोषणा गरेका हुन्।

    1644927097-3dMj5.jpg
    undefined

    प्रतिनिधिसभाको बैठक आज दिउँसो  बजे बस्दैछ। उक्त बैठकमा एमसीसी टेबुल हुने जनाइएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार