Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानन्यायाधीश विरुद्धको महाभियोगको खेलमा समावेश हुँदैनौं : राप्रपा


    मंगलबार, फाल्गुन ३ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग प्रस्ताव दर्ता भएको विषय अदालतमा राजनीतिक दबाब, प्रभाव, हस्तक्षेप र भागवण्डाको विगतको क्रियाकलापको दुष्परिणाम भएको निष्कर्ष निकालेको छ । 

    मंगलबार बसेको राप्रपाको बैठकले महाअभियोग न्याय क्षेत्रमा रहेको हालको विकृति विसंगतिको समाधान नभएको र यसको मुल दोष प्रणालीमा रहेको निष्कर्ष निकालेको छ । 

    प्रणालीमा आमूल सुधार नभएसम्म यस्तो अवस्था आइरहने भएकाले राप्रपा महाअभियोगको खेलमा समावेश नहुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार