Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गेटा आँखा अस्पतालको १८औं शाखा लम्कीमा


    मंगलबार, फाल्गुन ३ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धनगढी । गेटा आँखा अस्पतालले कैलालीको लम्कीमा १८औं शाखा स्थापना गरेको छ । सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा आँखा उपचार सेवाको पहुँच विस्तार गर्ने योजना अनुसार नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालले सेभा नेपालको सहयोगमा लम्कीमा शाखा स्थापना गरेको अस्पतालका बाह्य कार्यक्रम संयोजक रमेशचन्द्र भट्टले बताए । 

    लम्कीचुहा नगरपालिका र मोहन्याल गाँउपालिकाका नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले सो शाखा स्थापना गरिएको भट्टले बताए । उक्त आँखा उपचार केन्द्रबाट अत्याधुनिक उपकरणको प्रयोग गर्दै आँखा परीक्षण, औषधि उपचारको साथै सामान्य शल्यक्रिया र समुदायमा आँखा उपचार तथा जनचेतना जगाउने कार्यक्रम सञ्चालन गरिने छ । 

    बाह्य कार्यक्रम संयोजक भट्टका अनुसार लम्कीउपचार केन्द्रमै रहेर बिरामीले गेटा आँखा अस्पतालका विशेषज्ञ डाक्टरको प्रत्यक्ष निग्रामी सेवासमेत प्राप्त गर्ने छन् । क्यामराको सहारामा टेलिमेडिसिन सेवा मार्फत गेटा अस्पतालमा कार्यरत विशेषज्ञ टोलीले लम्की शाखामा सेवा प्रदान गर्ने भट्टले बताए ।न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार