Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • धादिङमा जेसीबी पुरिँदा चालकको मृत्यु


    मंगलबार, फाल्गुन ३ २०७८
    605
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धादिङ । गंगाजमुना गाउँपालिका–५ मझुवाबेशीस्थित मरौटीबाट मझुवाबेशी जाने नयाँ ट्रयाक खन्ने क्रममा माथिबाट ढुङ्गाहरू खसेर जेसिबि पुरिँदा चालकको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा जेसीबाका चालक सर्लाही बस्ने ३६ वर्षीय रोशन कुमार चौधरी छन् । उनको मंगलबार दिउँसो मृत्यु भएको हो । 

    जेसिबि पुरिएको र चालकको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुगेको थियो । 

    घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय फुलखर्कबाट खटिएको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार