Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रसंघमा जागिर लगाइदिने प्रलोभन देखाई ठगी गरेको आरोपमा एक जना पक्राउ


    मंगलबार, फाल्गुन ३ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कास्की । आफूलाई संयुक्त राष्ट्रसंघको इन्जिनियर बताउने डोटी साबिक तोलेनी गाबिस बस्ने २६ वर्षीय दिनेश सिंहलाई प्रहरीले पक्राउ गरेको छ । 

    राष्ट्रसंघमा जागिर लगाइदिने प्रलोभन देखाई विभिन्न व्यक्तिहरूबाट १८ लाख ८५ हजार रुपैयाँ ठगी गरी फरार रहेका उनलाई सोमबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    दिनेशले विभिन्न मितिमा कास्की पोखराका विभिन्न व्यक्तिलाई ठगीग गरी फरार रहेका थिए । 

    जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीसँगको समन्वयमा रुपन्देही बुटवल उपमहानगरपालिका–९ मिलनचोकमा फेला पारी उनलाई पक्राउ गरेको हो । 

    प्रहरीले उनको साथबाट १ थान ल्याप्टप, २ थान मोबाइल, पहेलो रंगको १ थान सिक्री, १ थान औंठी, विभिन्न कम्पनीको ६ थान सिम, १० थान नेपाल राष्ट्र बैंकको कार्ड होल्डर, बिभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपी, ठगी गर्ने प्रयोजनको लागि बनाएका विभिन्न कागजात र नगद ६७ हजार रुपैयाँ बरामद गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार