काठमाडौं । मेगा बैंकले चार जिल्लाका बैंकिङ सेवा नपुगेका पाँच वटा स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।
बैंकले गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा – ५ देउरालीमा महेन्द्र घिमिरे,भोजपुर जिल्लाको पौवादुम्मा गाउँपालिका – ३ मा रोशन खड्का, सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका – ५ मा कुमार श्रेष्ठ, कञ्चनपुर जिल्लाको पुनर्बास नगरपालिका – ८ मा नारायण पन्त र कृष्णपुर नगरपालिका – २ बाङकामा जानकी रावतलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरी शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो ।
मेगा बैंकले स्थापनाकालदेखि नै ग्रामीण क्षेत्रमा बैंकिङ पहुँच पु¥याउने उद्देश्यले हलोदेखि हाइड्रोसम्म सेवा प्रदान गर्ने लक्ष्यका साथ ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
शाखारहित बैंकिङ्ग सेवा मार्फत बैंकले नियुक्त गरेका प्रतिनिधिमार्फत खाता खोल्ने, दैनिक खातामा रकम जम्मा गर्ने, झिक्ने, नेपाल टेलिकम, एनसेलमा रिचार्ज, डिसहोमको रिचार्ज गर्ने लगायतका सुविधाका साथै सेवाग्राहीलाई आवश्यक परेको खण्डमा कर्जा लगानीको लागि आवश्यक प्रक्रिया अगाडि वढाउन सकिने ब्यवस्था रहेको छ ।