Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २८ केजी गाँजासहित तीन जना पक्राउ


    मंगलबार, फाल्गुन ३ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिरहा । सिरहाको गोलबजार नगरपालिका–१ बस्ने ३६ वर्षीय युवराज सिंह ठकुरी समेत ३ जनालाई करिब २८ केजी अवैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ । 

    ठकुरीले घरमा गाँजा लुकाई छिपाई बिक्री गरिरहेको भन्ने सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय गोलबजार र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले सोमबार घर तलासी गरेको थियो । 

    तसासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    उनीहरुले प्रयोग गरेको प्रदेश नम्बर २–०१–००३ प. ५२ १७ नम्बर र स.५ प १०२० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार