Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्रीय समिति ८ फागुनबाट, पदाधिकारीलगायत जिम्मेवारी बाँडफाँट हुने


    मंगलबार, फाल्गुन ३ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक ८ फागुनबाट सुरु हुने भएको छ ।

    गत आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति बैठक ८–९ फागुनका लागि काठमाडौंमा बोलाइएको हो ।

    उक्त बैठकमा समसमायिक राजनीतिक विषयदेखि नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोसहित विभिन्न जिम्मेवारी बाँडफाँड गर्ने कार्यसूची राखिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

    गत २८ माघका लागि बोलाइएको बैठक स्थगित भएको १० दिन पछि माओवादीले केन्द्रीय समिति बैठक डाकिएको हो ।

    गत मंसिर दोस्रो साता सम्पन्न महाधिवेशनले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष चयन गरेको भए पनि अन्य नेताको जिम्मेवारी अझै बाँडफाँट हुन सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार