Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतीय ज्वाइँ बन्दै अस्ट्रेलियाका क्रिकेटर ग्लेन म्याक्सवेल


    मंगलबार, फाल्गुन ३ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अस्ट्रेलियाका विस्फोटक अलराउन्डर ग्लेन म्याक्सवेल भारतका ज्वाइँ बन्ने भएका छन्। सामाजिक सञ्जालमा भाइरल भइरहेको म्याक्सवेलको विवाहको कार्डबाट यो खुलासा भएको हो।

    म्याक्सवेल आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरबाट क्रिकेट खेल्दै आएका छन्।  म्याक्सवेलले आफ्नी भारतीय मूलकी प्रेमिका विनी रमनसँग मार्च २०२० मा इन्गेजमेन्ट गरेका थिए।

    भारतीय सञ्चार माध्यमका अनुसार म्याक्सवेल र विनीको विवाह परम्परागत तमिल ब्राह्मण शैलीमा हुनेछ र धेरै अष्ट्रेलियाली क्रिकेटर र अन्तर्राष्ट्रिय अतिथिहरू समारोहमा उपस्थित हुने अपेक्षा गरिएको छ। 

    म्याक्सवेलले मार्च २७ मा प्रेमिका विनीसँग विवाह गर्नेछन्। मार्च २०२० मा म्याक्सवेलले भारतीय परम्परा अनुसार विनीसँग इन्गेजमेन्ट गरेका थिए। अहिले दुबै जनाको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। विनीले आफ्नो इन्स्टाग्राममा म्याक्सवेलसँगका धेरै तस्विर पनि सेयर गरिसकेकी छन्। 

    सन् २०१९ मा म्याक्सवेलले मानसिक स्वास्थ्यको कारण क्रिकेटबाट आफूलाई टाढा राखेका थिए।  तर, पछि उनले विनी कै कारण क्रिकेटमा फर्किएको बताएका थिए। विनीको पूर्खोली घर भारतको चेन्नईमा छ। तर, उनी अष्ट्रेलियामा जन्मिएकी र हुर्केकी थिइन्। 

    उनले उतै फार्मेसी पढेकी थिइन्। विनीका बुबा वेंकट रमन र आमा विजयलक्ष्मी रमन उनको जन्म हुनुअघि नै अस्ट्रेलियामा बसाइ सरेका थिए। विनीसँग विवाह गरेपछि म्याक्सवेल भारतीय मूलकी युवतीसँग विवाह गर्ने दोस्रो अस्ट्रेलियाली खेलाडी बन्नेछन्। 

    यसअघि सन् २०१४ मा अष्ट्रेलियाका पूर्व फास्ट बलर शान टेटले भारतीय मूलका मासूम सिंघासँग विवाह गरेका थिए। यी दुबै एक अर्कालाई आईपीएल पार्टीको समयमा भेटेका थिए र विवाह अघि एक अर्कासँग सम्बन्धमा थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार