Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • कांग्रेस कार्यसम्पादन समितिको बैठक आज


    मंगलबार, फाल्गुन ३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं। सत्तासीन नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज मंगलबार बस्दैछ। यसअघि तीन दिन बैठक बसेकाे थियाे ।

    पूर्वनिर्धारित एजेन्डासहित समसामयिक राजनीतिक घटनाक्रममा छलफल गर्न दिउँसाे ३ बजे बैठक बस्न लागेकाे कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

    ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिका ३५ जनाले यसअघिका बैठकमा धारणा राखिसकेका छन्। बाँकीले आजकाे बैठकमा धारणा राख्नेछन् । नेताहरुकाे धारणासँगै बैठकमा भएको छलफलका निर्णय सार्वजनिक गरिने कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । बैठक आज सकिँदैछ ।

    कांग्रेसले गत १४माघमा केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो। सभापतिसहित १३ पदाधिकारी स्वतः कार्यसम्पादन समितिमा रहन्छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार