Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्व इतिहासमा आजः अफगानिस्तानबाट सोभियत युनियन फिर्तादेखि इतिहासकै विशाल शान्ति प्रदर्शन


    मंगलबार, फाल्गुन ३ २०७८
    460
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । आज १५ फेब्रुवरी । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

    अहिले सम्मकै ठूलो शान्ति प्रदर्शन
    सन् २००३ इतिहासमै सबैभन्दा ठूलो शान्ति प्रदर्शन भएको थियो । आजकै दिन विश्वभरका ६०० सहरहरुमा ३ करोड मानिसहरुले इराक युद्धको विरोध गर्दैैै शान्तिको पक्षमा प्रदर्शन गरेका थिए ।

    सोभियत युनियन अफगानिस्तानबाट फिर्ता
    सन् १९८९ मा अफगानिस्तानबाट सोभियत युनियन  बाहिरिएको थियो । सैन्य सर्वोच्चताको बाबजुद सोभियत र अफगान सेनाले विद्रोहीको प्रतिकार गर्न विफल भएको बताइन्छ । 

    मानव जिनोमको पहिलो मस्यौदा
    सन् २००१ मा मानव जिनोमको पहिलो मस्यौदा प्रकाशित भएको थियो । मानव जिनोममा पूर्ण मानव आनुवंशिक सूचना छ ।

    मुद्रालाई डेसिमल प्रणालीमा परिणत
    सन् १९७१ मा बेलायत र आयरल्यान्डले आफ्नो मुद्रालाई डेसिमल प्रणालीमा परिणत गरेका थिए । परिवर्तनअघि एक पाउन्ड स्टर्लिङ २४० पेन्स बराबर थियो ।

    ग्यालिलियो ग्यालिलीको जन्म दिन
    आजकै दिन इटालीका प्रसिद्ध वैज्ञानिक ग्यालिलियो ग्यालिलीको जन्म भएको थियो । गणितज्ञ तथा दाशर्निकसमेत रहेका ग्यालिलियोको जन्म १५६४ मा इटालीको पिसामा भएको थियो । उनको मृत्यु सन् १६४२ को ८ जनवरीमा इटालिको आर्कटेरीमा भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार