Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घरमा आगलागी, महिला गम्भीर घाइते 


    मंगलबार, फाल्गुन ३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खोटाङ । आगलागीमा जल्दा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बु गारापुकी ४५ वर्षीय मैयाँ खत्री गम्भीर घाइते भएकी छन् । विद्युत सर्ट भएर घरमा आगलागी हुँदा आगोको ज्वालाले पोल्दा खत्री गम्भीर घाइते भएकी हुन् ।

    आगलागी भइरहेको घरबाट सामान झिक्नेक्रममा खत्रीलाई आगोको ज्वालाले पोलेको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।आगोको ज्वालाले भेट्दा अनुहार, हात लगायतका ठाउँमा जलेका खत्रीलाई उपचारका लागि गाउँपालिका अध्यक्ष राईले प्रयोग गरिरहेको गाडीमा हालेर विराटनगर पठाइएको छ । 

    उनका श्रीमान अगमबहादुर खत्रीलाई गत २ असोजमा टुवा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको थियो । खत्री दम्पत्तीका दुई छोरा रोजगारीका सिलसिलामा घर बाहिर छन् ।

    श्रीमानको मृत्यु भएपछि उनी घरमा एक्लै बस्दैआएकी थिइन् । आगलागीमा घर पूर्णरुपमा जलेर नष्ट भएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार