Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सर्वोच्चको फुलकोर्ट शुक्रबार बस्ने


    सोमबार, फाल्गुन २ २०७८
    600
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। सर्वोच्च अदालतलको फुलकोर्ट बस्ने भएको छ ।  कायममुकाम प्रधानन्यायाधीश दीपकुमार कार्कीको आह्वानमा आज बसेको सर्वोच्च अदालतका न्यायाधीशहरूको अनौपचारिक बैठकले शुक्रबार औपचारिक रुपमा फुलकोर्ट बोलाउने निर्णय गरेको हो ।

    आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग लगायत अदालत सञ्चालन, अदालत सुधार लगायका विषयमा छलफल भएको जनाइएको छ । 

    सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले आइतबार प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएपछि उनी नलम्बित भएका छन् ।

    राणा निलम्बित भएसँगै वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेका छन् । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार