Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रविधितर्फ आकर्षित जुम्लाका युवा


    सोमबार, फाल्गुन २ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जुम्ला।जुम्लाको पातारासी गाउँपालिका ७ रिनी गाउँकी सम्झना खड्का यति बेला कम्प्युटर सिक्न व्यस्त छिन् । उनी एकहप्तादेखि कर्णाली पुस्तकालय तथा स्रोत केन्द्रमा कम्प्युटर सिक्न पुग्ने गरेकि हुन् ।

    उनी मात्रै होइनन्,भौगोलिक हिसाबले विकट मानिने पातारासीका धेरै युवा पुस्ताले कम्प्युटर शिक्षा सिक्ने गरेका छन् । यस अघिका युवा पुस्ता स्कुल बिदा भएपछि वा फुसर्दको समयमा आमाबाबुसँग कुटोकोदाली बोकी खेतबारीको काम सघाउन जान्थे । तर आज भोलीका युवा पुस्ता मोबाइल फोन जत्रो स्मार्ट अल्ट्रासउण्डलाई प्रयोग गर्न तर्फ ब्यस्त देखिन्छन । 

    पछिल्लो समयममा कम्युटर पढाइका लागी धेरै कम्प्युटर इन्स्टिच्युट खोलाका छन् । जुम्ला सदरमुकाममा रहेको कर्णाली पुस्तकालय तथा स्रोत केन्द्रबाट संञ्चालन गरेको कम्प्युटर कक्षामा कम्युटर सिक्न आउनेको लर्को देखिएको छ । 

    कम्प्युटर सिक्नकै लागी बजारमा कोठा लिएर बस्ने गरेको प्रशिक्षक रोविन भण्डारीले बताए । उनले कम्युटर सिक्नुको कारण भने फरक–फरक बताए । 

    अन्य ठाँउमा  काम गर्दा कम्प्युटर पढाई अनिवार्य गरेकाले यसबारे आधारभूत ज्ञान सक्नि अपरिहार्य रहेको कम्युटर सिक्दै गरेकी पातारासी ७ रिनीका मिना बुढा बताउँछिन् । उनले भनिन, ‘आधुनिक प्रविधिमा गाउँघरका किशोरीहरुको पहुँच नपुगेकाले यो सिकाइ महत्वपूर्ण हुने छ।’ 

    त्यहाँ कम्युटर सिक्न गुठिचौर ३ का शर्मिला कामी, तातोपानी गाउँपालिका ७ कि मुना कुवँर लगायतका धेरै युवाहरु आउने गरेका छन् । प्रविधिले धेरै क्षेत्रमा विकाम गरे पनि  जुम्लाका महिलाहरुमा पछाडि नै रहेको  पाइन्छ । मुना कुवँरले प्रविधि क्षेत्रमा किशोरीहरुको आगमन निक्कै आकर्षण रुपमा भएको बताइन् । अब आउने नयाँ पुस्तामा यो अनिवार्यजस्तै भइसकेको उनको भनाइ छ । न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार