Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचन आयोगले हप्तामा दुई दिन मात्र पत्रकार सम्मेलन गर्ने


    सोमबार, फाल्गुन २ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले अब हरेक हप्ता दुई दिन पत्रकार सम्मेलन गर्ने जनाएको छ । आयोगले प्रत्यक सोमबार र बिहीबार पत्रकार सम्मेलन गर्ने जनाएको हो ।

    फागुन १ गतेबाट दैनिक पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएकोमा आयोगले हाललाई उक्त निर्णय स्थगित गरिएको जनाएको छ ।

    आयोगले आज एक विज्ञिप्ती जारी गर्दै अब प्रत्यक सोमबार र मंगलबार  अपरान्ह ४ बजे आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलन गर्ने जानकारी दिएको हो ।

    सरकारले २०७९ वैशाख ३० गते एकैचरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि आयोगले निर्वाचन सम्बन्धी गतिविधि जानकारी गराउने उदेश्यले हप्तामा दुई दिन पत्रकार सम्मेलन गर्ने बताएको हो । पत्रकार सम्मेलन आयोगका प्रवत्ता तथा सहायक प्रवताले गर्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार