Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आयरल्यान्डले दियो नेपाललाई १२८ रनको विजयी लक्ष्य


    सोमबार, फाल्गुन २ २०७८
    710
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । चारदेशीय टी-२० क्रिकेट शृंखलाको अन्तिम खेलमा आयरल्यान्डले नेपाललाई जितका लागि १२८ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

    ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको आयरल्यान्डले निर्धारित २० ओभरमा पुरा विकेट गुमाउँदै १२७ रनमा समेटियो । 

    आयरल्यान्डका जर्ज डक्रेलले सर्वाधिक २८ रन बनाए । यस्तै कर्टिस काम्फरले २०, एन्डी विलवार्नीयले १९ रनको योगदान गरे । 

    नेपालका पूर्व उपकप्तान दीपेन्द्र सिंह ऐरी चम्किएपछि आयरल्यान्डका कुनै पनि खेलाडीले खुलेर खेल्न सकेनन् । दीपेन्द्रले ४ ओभर बलिङ गर्दै २१ रच खर्चिएर सर्वाधिक ४ विकेट लिए । 

    यस्तै अविनाश बोहराले दुई विकेट लिँदा कमल सिंह ऐरी, जितचन्द्र मुखिया र कप्तान सन्दीप लामिछानेले समान एक विकेट लिए । 

    यससँगै सन्दीपले आफ्नो ५०औं विकेट पुरा गरेका छन् । उनी टी–२० क्रिकेटमा ५० विकेट लिने पहिलो नेपाली खेलाडी बने । 

    जारी शृंखलामा ३ खेलबाट ४ अंक सहित संयुक्त अरब इमिरेट्स शीर्षस्थानमा छ । नेपाल, आयरल्यान्ड र आयोजक ओमानको भने समान २ अंक छ । यस खेलले शृंखलाको विजेता टोली टुंगो लाग्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार