Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोबाइल बिगारेको निहुँमा चक्कु प्रहार गरी श्रीमतीको हत्या


    सोमबार, फाल्गुन २ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले झापाको भद्रपुर नगरपालिका–१ लाहुरे चोक बस्ने ३४ वर्षीय अमर बहादुर तामाङ सोमबार बिहान पक्राउ गरेको छ । 

    ३४ वर्षीया श्रीमती अनिता लिम्बुलाई धारिलो हतियार चक्कु र ढुङ्गा प्रहार गरी उनले हत्या गरेको प्रहरीले जनाएको छ । 

    मोबाइल बिगारेको बिषयमा अमर बहादुरले आफ्नै श्रीमतीको हत्या गरी आफैँ सिमा प्रहरी चौकी पृथ्वीनगरमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार