Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेका असन्तुष्ट नेताहरू एकीकृत समाजवादीमा प्रवेश


    सोमबार, फाल्गुन २ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । मधेश प्रदेशमा दलहरू चुनाव लक्षित कार्यक्रममा लागिरहेको बेला नेकपा एकीकृत समाजवादी भने अन्य दलका नेता तथा कार्यकर्ता भित्र्याउन नै व्यस्त देखिएको छ ।

    एकीकृत समाजवादीले विशेषगरी एमालेका कार्यकर्ता भित्रिन थालेका छ । आइतबार मात्र एमाले मधेश प्रदेश कमिटीका सदस्य तथा महोत्तरीका नेता नरबहादुर स्याङ्तान काठमाडाैँमा अध्यक्ष माधव नेपालले नै  भित्र्याएका थिए ।

    स्याङ्तानसहित नेता तेजु अधिकारी र सुवर्ण पौडेल पनिएकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पछिल्लो समय मधेश प्रदेशका सर्लाही, धनुषा र महोत्तरीमा विवादका कारण नेकपा एमालेको जिल्ला अधिवेशन हुन सकेको छैन । यही विवादको फाइदा एकीकृत समाजवादीले लिन थालेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार