Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ४८ घण्टाभित्र रुससँग छलफल गर्न युक्रेनको आह्वान


    सोमबार, फाल्गुन २ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । सीमामा जारी विवादबारे वैठक गर्न युक्रेनले रसिया र युरोपेली सुरक्षा समूहका अन्य सदस्यहरुलाई आह्वान गरेको छ । 

    विदेशमन्त्री दिमित्रो कुलेबाले सीमामा सुरक्षाकर्मीको तैनाथबारे विवरण दिन आफूहरुले गरेको औपचारिक आग्रहलाई रुसले  बेवास्ता गरेको बताए । ‘पारदर्शीता’ का लागि रसियाको योजनाबारे आगामी ४८ घन्टाभित्र बैठक गर्न अनुरोध गर्ने अबको ‘अर्को कदम’ भएको उनले बताए । 

    युक्रेनको सीमामा एक लाख सुरक्षाकर्मी परिचालन गरे पनि युक्रेनमा अतिक्रमणको योजना नभएको रसियाले बताउँदै आएको छ । तर, केही पश्चिमेली देशहरुले रसियाले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरेको बताउँदै आएका छन् ।

    मस्कोले ‘जुनकुनै बेला’ हवाई बमबारी गरेर हमला सुरु गर्न सक्ने अमेरिकाले अनुमान गरेको छ । एक दर्जनभन्दा बढी देशहरुले युक्रेनबाट आफ्ना नागरिकहरुलाई स्वदेश फर्किन आह्वान गरेका छन् । केही देशहरुले राजधानी किभबाट कर्मचारीहरु फिर्ता बोलाएका छन् । 

    युक्रेनले शुक्रवार भियना सम्झौतामा आधारित रहेर रुसको मनसायबारे जवाफ खोजेको बताइएको छ । सम्झौतालाई युरोपमा सहकार्य र सुरक्षाका लागि अन्तर सहरकारी संगठन (ओएससीई) ले स्वीकारेको छ, जसमा रुससमेत सदस्य छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार