Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘काउन्टर’ प्रस्ताव ल्याउने तयारीमा एमाले


    सोमबार, फाल्गुन २ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावलाई काउन्टर दिने तयारी गरेको छ।

    एमाले सचिवालय बैठकले सर्वोच्च अदालतकै चार न्यायाधीशविरुद्ध महाभियोग लगाएर काउन्टर दिने तयारी गरेको हो। ‘एमाले सचिवालयको आइतबार बसेको बैठकमा सर्वोच्च अदालतका अन्य चार न्यायाधीशविरुद्ध पनि महाभियोग लगाउनुपर्छ भन्ने छलफल भयो। संसदीय दलको बैठकबाट निर्णय गरेर अघि बढ्ने तयारी भएको छ,’ एक सचिवालय सदस्यले भने। ती सदस्यका अनुसार सर्वोच्च अदालतको न्यायिक प्रक्रियालाई प्रभावित पार्ने न्यायाधीशहरूलाई महाभियोग लगाउनेगरी छलफल भएको हो।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सो कदमविरुद्ध मुद्दा परेको थियो। सो मुद्दामा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र मीरा खड्काको इजलासले परमादेश जारी गरी प्रतिनिधिसभा ब्युँताइदिएको थियो। ‘सचिवालय बैठकमा महाभियोग लगाउने प्रस्तावबारे छलफल भएको छ, निर्णय भने भएको छैन,’ सचिवालयका ती सदस्यले भने। ती सदस्यका अनुसार सांसदहरूको समेत राय लिएर निर्णय गरिनेछ।

    सचिवालय बैठकमा अध्यक्ष ओलीले एमालेमाथि गम्भीर षड्यन्त्र भएको र यसले लोकतन्त्रलाई नै कमजोर बनाउने भएकाले चार न्यायाधीशलाई महाभियोग लगाउनुपर्ने बताएका थिए। बैठकमा सहभागी सदस्यले प्रधानन्यायाधीशलाई महाभियोग लगाउँदा न्यापालिकामाथि कार्यपालिका हाबी भएको भन्दै आपत्ति जनाएका थिए। नागरिक दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार