Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेटौंडामा एमसीसीविरुद्ध प्रदर्शन


    आइतबार, फाल्गुन १ २०७८
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौँडा । नेकपा (एकीकृत समाजवादी)मा आवद्ध जनवर्गीय संगठनहरूको आयोजनामा मकवानपुरको हेटौंडामा आइतबार एमसीसीविरुद्ध प्रदर्शन गरिएको छ । 

    हेटौंडाको शीतल महल चोकबाट सुरु भएको प्रदर्शन बुद्धचोक हुँदै सीमा चोकमा पुगेर सभामा परिणत भएको हो । पार्टीको जनवर्गीय संगठनहरूको आयोजनामा देशैभर हुने एमसीसीको विरोध कार्यक्रम अन्तर्गत हेटौंडामा पनि प्रदर्शन गरिएको हो । 

    सभामा युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य कविन पन्तले एमसीसी कुनै हालतमा स्वीकार गर्न नसकिने बताए । अनेरास्ववियुका केन्द्रीय उपमहासचिव किशोर टण्डनले एमसीसी खारेज हुनुपर्ने बताउदै एमसीसीलाइ टुंगो नलाग्दासम्म आफूहरू आन्दोलित भइराख्ने चेतावनी दिए । 

    विरोध कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज ललित बस्नेत, पार्टी केन्द्रीय सदस्य मुनु सिग्देल, मकवानपुर अध्यक्ष श्रीधर पाख्रेल, सचिव विष्णुप्रसाद दाहाल लगायतको उपस्थिति थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार