Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख नाघ्यो


    आइतबार, फाल्गुन १ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  नेपालमा कोरोना भाइरस संक्रमितको कूल संख्या ११ लाख नाघेको छ । 

    पछिल्लो चौबिस घण्टामा ५२१ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या ११ लाख नाघेको हो । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ११ लाख ४७१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 

    संक्रमितमध्ये ९ लाख ३८ लाख ५८३ जना निको भइसकेका छन् । कोरोनाका कारण नेपालमा हालसम्म ११ हजार ८९२ जनाको मृत्यु भएको छ । 

    स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पीसीआर विधिबाट ५३ लाख ४० हजार १८६ र एन्टीजेन विधिबाट १० लाख १७ हजार २४८ गरी कूल ६३ लाख ५७ हजार ४३४ जनाको कोरोना परिक्षण गरिएको छ । 

    विश्वमा पहिलो पटक कोरोना भाइरसको संक्रमण सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको थियो । नेपालमा २०६६ माघ ९ गते पहिलो संक्रमित भेटिएका थिए ।  न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार