Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महाकाली नदीमा बगेकी महिलाको उद्धार


    आइतबार, फाल्गुन १ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दार्चुला । दार्चुला सदरमुकाम खलंगाको महाकाली नदी किनारबाट बालुवा निकाल्ने क्रममा बगेकी महिलाको प्रहरीले उद्धार गरेको छ ।

    आइतबार बिहान ८ बजेतिर महाकाली नदी किनारमा बालुवा निकाल्दा स्थानीय २४ वर्षीया लिला ओडलाई महाकाली नदीले बगाएको थियो । बगाउँदै गर्दा नदीको बीचमा एउटा ढुङ्गामा उत्रिन सफल भएपछि ओडबीच नदीमा अड्किएकी थिइन् । 

    नदीमा अड्किएको जानकारी आएपछि उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक माधव विश्वकर्मा नेतृत्वको टोली उक्त क्षेत्रतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बिहानको चिसो नदीमा पौडिएर प्रहरीले महिलाको सकुशल उद्धार गरेका छन् । उद्धार गरी ओडलाई जिल्ला अस्पताल दार्चुला पुगाइएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । भारतको छिरकिल्लामा रहेको धौलीगङ्गाबाँधका ढोका खोल्दा महाकाली नदीमा बहाब बढ्ने गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार