Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भरुवा बन्दुकसहित दुई जना पक्राउ


    आइतबार, फाल्गुन १ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । कपिलवस्तु, बाणगंगा नगरपालिका–२ मनकामना सामुदायिक वनबाट दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरूमा अर्घाखाँची सितगंगा नगरपालिका–१४ का ५० वर्षीय वीरबहादुर सोमै र २८ वर्षीय खेमु मगर छन् । 

    जंगलमा केही व्यक्ति बन्दुकसहित हिँडिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले वी बहादुरलाई एक थान र खेमुलाई लोडेड अवस्थामा रहेको एक थान भरुवा बन्दुकसहित फेला पारेको हो । 

    यस सम्बन्धमा प्रहरीको आवश्यक अनुसन्धान जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार