Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाँच किलो सुन जस्तो देखिने पदार्थसहित एयरपोर्टबाट चिनियाँ नागरिक पक्राउ       


    आइतबार, फाल्गुन १ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अवैध रुपमा ल्याउँदै गरेको करिब ४ हजार ८ सय ४० ग्राम सुन जस्तो देखिने अर्धठोस पदार्थ सहित चिनियाँ नागरिक राहदानी नम्बर इजे ०२४८१३१ बाहक ३६ वर्षीय झाङ लिलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

    हिमालय एयरको उडानद्वारा काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय अराईभल ट्रनेल गेट नजिक जाँच गर्नेक्रममा ४ वटा पोकामा भित्री पोशाकभित्र लुकाई ल्याएको उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । सुन जस्तो पदार्थ सुन हो कि होइन भन्ने सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार