Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • नवीना लामा भन्छिन्- एमसीसी राष्ट्रहितमा छ, सदनमा छलफल गरेर पारित गर्नुपर्छ


    आइतबार, फाल्गुन १ २०७८
    490
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडाैं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनबाट पारित गराउने नगराउने विषयले राजनीतिक दलहरूबीच मतभेद छ । यसबारे आममानिस पनि विभाजित देखिन्छन् । एमसीसीबारे जनप्रतिनिधि के भन्छन ? नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य बनेकी नवीना लामासँग गरेको संक्षिप्त कुराकानी :

    अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यक्रम के हो ? 

    यो अमेरिकाले नेपाललाई दिन खोजेको सहयोग परियोजना हो । एमसीसीबारे म आवद्ध दल नेकपा एमालले आधिकारिक धारणा सार्वजनिक गर्न बाँकी छ । अन्य मुलुकहरूले पनि एमसीसी कार्यक्रम स्वीकार नगरेका भने होइनन् । तर, हाम्रो देशमा अलि बढि नै प्रचार प्रसार भयो । यसको पछाडि केहि कारणहरू छन् । विकसित देशले दिएको सहयोग अस्वीकारभन्दा पनि यसलाई सदनमा छलफल गरेर पारित गर्नुपर्छ । यसमा हामीले व्यक्तिगत रुपमा विचार व्यक्त गर्नुभन्दा पनि पार्टीले आधिकारीक धारणा सार्वजनिक गरेपछि बोल्न सहज होला । 

    नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता पढ्नु भएको छ ? 

    पढेको छु । 

    सम्झौतामा के रहेछ ? 

    सम्झौताबारे म आवद्ध पार्टी नेकपा एमालले विभिन्न दृष्टिकोण र आधारभूत विषयहरू सार्वजनिक गरेको छ । सम्झौतामा एमसीसी कार्यक्रमलाई नेपालको सदनबाट अनुमोदन गरेर मात्र पारित गर्नुपर्ने भनिएको छ । यसो हुँदा यो नेपालको कानुन र संविधानभन्दा पनि माथि हुन जान्छ । यसलाई यसै पारित गर्नुभन्दा पनि छलफल गरेर मात्र पारित गर्नुपर्छ ।  

    एमसीसीले नेपालको हित गर्छ कि गर्दैन ? 

    विकासको लागि आउन लागेको परियोजनाले हित गर्छ । तर, यसमा व्यापक छलफल गरेर परिमार्जनसहित स्वीकार गर्नु आवश्यक छ । 

    कसरी एमसीसी राष्ट्रहितमा गर्छ ? 

    विद्युत् र सडकको विकासमा सहयोग पुग्ने भएकाले राष्ट्रको हितमा हुन्छ । 

    एमसीसीलाई संसदले किन अनुमोदन गर्नुपर्छ ? 

    एमसीसी परियोजना देशमा लागु गर्नको लागि सदनले अनुमोदन गर्नुपर्छ । तर, सदनबाट व्यापक छलफल गरेर राष्ट्रहितको ग्यारेन्टीसहित अनुमोदन गर्नुपर्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार