Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ सय ९० जना चालकमाथि कारवाही


    आइतबार, फाल्गुन १ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार २९० जना सवारी चालकमाथि कारवाही गरेको छ । 

    शनिबार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियमको पालना गरेको नपाइएपछि उनीहरुलाई कारवाही गरिएको हो ।

    कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १०२ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६५ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६० जना र ढोका खुल्लै राखेर सवारी चलाउने ५३ जना सवारी चालक छन् । 

    यस्तै शनिबार नै अवस्था ठिक नभएको सवारी साधन चलाउने २२ जना, मदिरा पिएर सवारी साधन चलाउने ५४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ९ जना चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार