Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • नेपालमा पनि आज विश्व रेडियो दिवस मनाइँदै


    आइतबार, फाल्गुन १ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमण्डौं । विश्व रेडियो दिवस आइतबार (आज) नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । सन् २०१२ देखि हरेक वर्ष १३ फेब्रुअरीमा संयुक्त राष्ट्रसंघको आह्वानमा  रेडियो दिवस मनाउने गरिएको छ ।

    १०४ वर्षीय निरंकुश जहानियाँ  राणाशासन अन्त्यका लागि  नेपाली कांग्रेसले २००३ सालमा रेडियो प्रसारण सुुरु गरेको पाइन्छ  । 

    नेपालमा २८ मंसिर २००७ देखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ ।  अहिले एफएम रेडियो सयौँको संख्यामा सञ्चालित छन् । अधिकांश जिल्लामा एफएम रेडियो सञ्चालनमा छन् । 

    रेडियो नेपालसहित सयौँ एफएम रेडियोमा हजारौँ सञ्चारकर्मी आवद्ध छन् । स्रोताहरूको पनि एफएम रेडियोसँग सजिलै पहुँच पुग्ने गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार