Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजदेखि मंगलबारसम्म मौसम सफा रहने


    आइतबार, फाल्गुन १ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । 

    तराईका केही भू–भागमा हुस्सु र कुहिरो रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी तीन दिनसम्म मौसम सफा रहने छ ।

    दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सोमबार पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

    काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार