Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्व इतिहासमा आज: ड्रेसडेन सहर ध्वस्तदेखि ब्रह्मान्डमा हिरा फेला परेको त्यो दिन


    आइतबार, फाल्गुन १ २०७८
    510
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । आज १३ जनवरी २०२२ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

    अस्ट्रेलियाली प्रधानमन्त्रीको क्षमा याचना
    सन् २००८ मा अस्ट्रेलियाली प्रधानमन्त्री केभिन रुडले ‘चोरी भएको पुस्ता’का लागि आदिवासी अस्ट्रेलियालीसमक्ष क्षमा याचना गरेका थिए । सन् १९६० को दशकसम्म १० देखि ३० प्रतिशत आदिवासी र टोरेस आइलेन्डर उनीहरुका परिवारबाट अलग गरिएका थिए ।

    सेतो सानो तारा फेला
    सन् २००४ मा खगोलविदहरुले आकाशगंगामा ब्रह्मान्डकै ठूलो डायमन्ड जस्तो बस्तु फेला परेको थियो । बीपीएम ३७०९३ सेतो पुड्के तारा नाम दिइएको सो बस्तु पृथ्वीबाट करिव ५० प्रकाश वर्ष टाढा छ । त्यसको उपनाम लुसी राखिएको छ ।

    बग्दाद बिस्फोटको कालो दिन
    सन् १९९१ मा बग्दादमा गराइएका दुई शक्तिशाली बम बिस्फोटमा कम्तिमा ४०८ सर्वसाधारणको मृत्यु भएको थियो । सन् १९९१ मा इराकबाट कुवेतलाई स्वतन्त्र बनाउन गरिएको अमेरिकी नेतृत्वको राष्ट्रसंघको कारबाही अपरेसन डेजर्ट स्ट्रोमका क्रममा १३ फेब्रुबरीमा दुई ओटा स्मार्ट बम पड्काउदा ती सर्वसाधारणको मृत्यु भएको थियो ।  पर्सीयाली खाडी युद्धको क्रममा सो बिस्फोट भएको थियो ।

    ड्रेसडेन सहर  ध्वस्त
    सन् १९४५ मा बम आक्रमणका क्रममा जर्मनीको सहर ड्रेसडेन ध्वस्त भएको थियो । तीन दिनसम्म भएका ती बिस्फोटमा २५ हजार जनाको मृत्यु भएको थियो । द्धितीय विश्वयुद्धको समयमा ब्रिटिश र अमेरिकी गठबन्धन सेनाले हवाई हमला गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार