कुवेत । प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतको चौथौ बिस्तारित बैठकमा पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एकीकृत समाजबादी निकट प्रवासी नेपाली एकता मञ्चका केन्द्रीय परिषद सदस्य मधुकर रिजाल प्रमुख अतिथि रहेको कार्यक्रममा ठूलो संख्यामा नयाँ सदस्यहरू पार्र्टी प्रवेश गरेको मञ्चका महासचिव देवशमसेर घिसिङले जानकारी दिए ।
शुक्रबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मधुकर रिजालले पार्टीका राष्ट्रवादी, देशप्रेमीहरूले देश र जनताको आह्वानमा विद्रोह गरेको बताउदै समाजबादको यात्रामा बिद्रोह के को लागि भन्ने विषयमा प्रष्टाएका थिए ।
मञ्चमा विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा जुझारु युवाहरु प्रवेश गरेको महासचिव घिसिङले बताए ।
विभिन्न पार्टी परित्याग गरी नेकपा एसमा समाहित हुनेहरुमा सूर्य लामा (सर्लाही), समीर मोक्तान (हेटौंडा), बिष्णु शर्मा (बर्दिया), धनेश्वर यादव (धनुषा), बसन्त पोख्रेल (दाङ), उमलाल भण्डारी (दाङ), गोपीलाल वाईबा (सर्लाही), शशी अमात्य (भक्तपुर), तनबिर आलम मिकरानी (सर्लाही), राम प्रबेश राय (सर्लाही), वीरबहादुर गोले (सर्लाही), गंगा धिमाल (झापा) रहेका छन् ।
त्यसैगरी ‘प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेत’ को बिस्तारित बैंठकले ५ जनाको सल्लाहकार कमिटी गठन गरेको छ । सल्लाहकार कमिटीका सदस्यहरूमा मधुकर रिजाल (प्रमुख सल्लाहकार), सूर्य लामा, गंगा धिमाल, शशी अमात्य, धनेश्वर यादव छन् । साथै महिला उपाध्यक्ष बिष्णु शर्मा, सचिव उमालाल भण्डारी, सहकोषाध्यक्ष वसन्त पोख्रेल र सदस्यहरुमा क्रमशः समीर मोक्तान, गोपिलाल वाईबा, वीरबहादुर गोले चयन भएका छन् ।
बैंठकले ‘प्रबासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी’ को ३१ सदस्यीय पूर्ण कमिटीले पूर्णता पाएको छ । युबराज गैरेको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष मनवीर लामाले स्वागत मन्तब्य राखेका थिए ।
कुवेतको फर्वानिया नेष्टो मार्केटस्थित एभरेष्ट नेपाली होटेलमा सम्पन्न कार्यक्रम महासचिव देवशमसेर घिसिङले संचालन गरेका थिए ।