Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • युवासंघको टोली स्वास्थ्य सामग्री बोकेर गाउँ गाउँमा, चेपाङ बस्तीमा जाडोमा ब्ल्यांकेट बितरण


    शनिबार, माघ २९ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एकीकृत समाजवादी) निकट युवासंघ नेपालले धादिङस्थित चेपाङ समुदायको सहयोगार्थ करिब तीन लाख बराबरका स्वास्थ्य सामग्री र बल्याङ्केट वितरण गरेको छ । युवासंघ नेपालको स्वास्थ्य विभागले उक्त सामग्री बितरण गरेको हो ।

     युवासंघका सचिव तथा विभागका प्रमुख प्रज्वल तामाङले आफू धादिङकै बिकट गाउँपालिका रुबीभ्यालीमा जन्मेको भए पनि जिल्लाका सबै क्षेत्रमा आफू स्वास्थ्य सहायता गर्न खटिएको बताए ।  धेरै दिन नसके पनि, आफूहरुले सक्ने सहयोग गर्न आफू चेपाङ बस्ती आएको जानकारी उनले दिए । 

    कार्यक्रममा बोल्दै गजुरी गाउँपालिकाकी उपाध्यक्ष तथा नेकपा समाजवादीकी जिल्ला नेतृ सीता ढुंगानाले समाजवादी पार्टी जनताको हरेक दुःख मा साथ दिने शक्ति भएको बताउँदै युवासंघले रचनात्मक कार्यक्रम गरेकोमा धन्यवाद दिइन् ।  

    उक्त कार्यक्रममा संघका उपाध्यक्ष नितेश पौडेल, उपमहासचिव तथा प्रवक्ता सन्जिप राई, पार्टीका जिल्ला सचिब सुभास खतिवडा, बिभागका सचिव टीकाराम खड्का लगायत नेकपा एकीकृत समाजवादीका धादिङ जिल्लाका नेताहरूको उपस्थितिमा ३५ घरधुरी चेपाङ समुदायलाई स्वास्थ सामग्री र बल्याकेट वितरण गरिएको प्रमुख तामाङले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार