Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पुलिसलाई पराजित गर्दै सातदोबाटो पाँचौँ स्थानमा उक्लियो


    शनिबार, माघ २९ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौैं। विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० अन्तरले पराजित गर्दै नवप्रवेशी सातदोबाटो युथ क्लब सहिद स्मारक ए डिभिजन लिगको पाँचौँ स्थानमा उक्लिएको छ । 

    लिगमा १० खेल खेलेको सातदोबाटोले चार खेलमा जित, तीन बराबर र तीन हारको नतिजा निकालेको छ । सातदोबाटोस्थित एन्फा कप्लेक्समा शनिवार सम्पन्न खेलमा सातदोबाटोका आकाश बुढामगरले निर्णायक गोल गरे । आकाशले १९औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सहजै पोस्टको दिशा दिएका थिए ।

    लिगमा १० अंक जोडेको पुलिस तालिकाको १०औँ स्थानमा छ । पुलिसले १० खेलमध्ये दुईमा जित चारमा बराबर र चारमा हारको नतिजा आत्मसाथ गरेको छ ।

    आजै दशरथ रंगशालामा भएको खेलमा लिग लिडर मछिन्द्र क्लबले तालिकाको पुछारमा रहेको च्यासल युथ क्लबलाई २–० ले पराजित गरेको थियो । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार