Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • अर्थमन्त्री शर्माले आन्तरिक राजस्व विभागका महानिर्देशक पौडेललाई किन हटाए ?


    शनिबार, माघ २९ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरुवा भएको ६ महिनामै आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेल र भन्सार विभागका महानिर्देशक  नारायण सापकोटालाई सरुवा गरेका छन् । उनीहरु अर्थमन्त्रालयबाटै बाहिरिएिका छन् । भन्सार विभागका महानिर्देशक सापकोटा त सेटिङ गर्न नजान्ने भएकाले सरुवा भए पनि आन्तरिक राजस्व विभागका पौडेलको सरुवा किन भयो भन्ने कुरा उच्च प्रशासकहरुबीच नै चर्चाको बिषय बनेको छ । शुक्रबार भएको ३२ सहसचिवको सरुवामा पौडेल निकै चर्चामा छन् । 

    आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक (हाल निलम्बित) चुडामणि शर्माभन्दा पनि सेटिङमा माहिर खेलाडी मानिने सहसचिव पौडेललाई दीपक भट्टको सल्लाहमा मन्त्री शर्माले डीजी बनाएका थिए । एनसेल खरिद बिक्री गर्दा नेपाललाई प्राप्त हुने ७२ अर्ब रुपैयाँ पूँजीगत लाभकर छलीका मुख्य योजनाकार चुडामणि शर्माका विश्वासिला सहयोगी हुन् सहसचिव पौडेल । शर्मा आन्तरिक राजस्व विभागका महानिर्देशक र पौडेल ठूला करदाता कार्यालयका प्रमुख भएको बेला एनसेलको लाभकर छली भएको थियो । एनसेलको लाभकर नतिरी टेलियासोनेरालाई नेपालबाट भगाउने शर्मा र पौडेल नै भएको आरोप लागेको थियो । 

     गएको भदौ ३ मा पौडेल र सापकोटालाई डीजी बनाएका मन्त्री शर्माले ६ महिना नपुग्दै सरुवा गर्नुको कारण प्रष्ट हुनसकेको छैन । भन्सारका महानिर्देशक सापकोटा सेटिङतिर चासो नदिने स्वभाव नै उनको सरुवाको कारक बनेको अनुमान लगाइएको छ । आफैं संचालक रहेको इन्भेष्टमेन्ट कम्पनी इमर्जिङ नेपाललाई सरकारी कम्पनी भन्दै पौडेलले सरकारी कम्पनी भनी आईपीओ स्वीकृत गर्ने निर्णय विवादमा परेपछि उनलाई हटाइएको कुरा पनि सार्वजनिक भएको छ । तर मन्त्री शर्माले त्यतिमात्र कारणले उनलाई हटाएको कुरा मान्न अर्थका अधिकारी तयार छैनन् । 

    गएको भदौ ५ गते आन्तरिक राजस्व कार्यालय भैरहवाको टोलीले लु.२ च. २५० नम्बरको गाडीमा भारत तर्फबाट ल्याएर भैरहवाको दरखसवाको एउटा घरमा लुकाएर राखेको अवस्थामा नक्कली अन्तशुल्क स्टीकर बरामद गरेको थियो । आन्तरिक राजस्व कार्यालय भैरहवाले अनुसन्धान गर्दै जाँदा नवलपरासीको दीक्षा स्टोरबाट क्रिस्टल डिष्टिलरीको उत्पादन ‘स्टार सोफी’ ब्राण्डका ५० कार्टुन मदिरा बरामद ग¥यो ।

    nakkali stikar.jpg
    २०७८ भदौ ५ मा भैरहवामा बरामद भएको नक्कली अन्तशुल्क स्टीकर र क्रिष्टल डिष्टीलरीका संचालक फुलसिंह क्षेत्री

     नक्कली अन्तशुल्क स्टीकर बरामद भएपछि उक्त गिरोहका नाइके फुलसिंह क्षेत्रीले आन्तरिक राजस्व विभागका महानिर्देशक पौडेलसँग सेटिङ गरी उक्त प्रकरण सामसुम पारे । तर राजस्व अनुसन्धान कार्यालय बुटवलले सो क्रिष्टल डिस्टिलरीमा छापा मारेर सिल गरी नक्कली अन्तशुल्क स्टीकरको छानबिन सुरु गर्यो ।  उक्त नक्कली स्टिकरसहित २३ वर्षीय सहिद अन्सारी र २४ वर्षीय अमानत अली पक्राउ परेका थिए । तर नक्कली अन्तशुल्क भारतबाट ल्याउने र नेपालका मदिरा उद्योगलाई दिने मुख्य नाइके भने क्रिष्टल डिष्टिलरीका फूलसिंह क्षेत्रीलाई पक्राउ गर्न सकेन ।

    फुलसिंह क्षेत्रीलेले भारतबाट नक्कली अन्तःशुल्क स्टीकर ल्याएर प्रयोग गरेको अनुसन्धानबाट पुष्टि भए पनि आन्तरिक राजस्व विभागका डीजीको फूलसिंहसँग सेटिङ भएकाले उनले यो प्रकरणमा आँखा चिम्लिए । तर राजस्व अनुसन्धान विभागले क्रिष्टल डिष्टिलरीमा सिल गरिदियो । क्रिष्टलका संचालक फुलसिंह क्षेत्री नक्कली अन्तशुल्क स्टीकर प्रयोग गरी मदिरा उद्योगलाई दिने र आफ्नो उत्पादनमा पनि प्रयोग गरी रातारात अर्बपति बनेको उनलाई चिन्नेहरु बताउँछन् । 

    भारतमा नक्कली अन्तशुल्क स्टीकर छापेर नेपालमा ल्याउने र अधिकांश डिष्टलरीमा त्यस्तो स्टीकर दिएर करोडौं करोडं राजस्व हिनामिना गर्ने कार्यमा संलग्न क्रिष्टल डिष्टिलरीमा २०७८ भदौ २६ मा राजस्व अनुसन्धान विभागले सिल गरेको थियो । आन्तरिक राजस्व विभागका पौडेलले नक्कली अन्तशुल्क स्टीकर बोेकेको गाडी नै बरामद गरेको र मदिरामा समेत फेलापारे पनि  क्रिष्टल डिष्टीलरीलाई उन्मुक्ति दिएपछि राजस्वले उद्योग सिल गरी अनुसन्धान गरेको थियो । तर क्रिष्टलका संचालक फूलसिंह क्षेत्रीले सरकारी वकिलदेखि सबैतिर सेटिङ गरी कारबाहीबाट जोगिंदैआएका छन् । सुरुमा राजस्व अनुसन्धान विभागबाट मुद्दा नै दायर हुन नदिन लागेका उनी मिडियाले यसलाई बाहिर ल्याएपछि सरकारी वकिल सेटिङ गरी उन्मुक्तिको दाउमा छन् ।

    राजस्वले मुद्दा बुझाउँदा पनि फुलसिंहको प्रभावमा परी प्रमाण नपुगेको भन्दै सरकारी वकिलले मुद्दा दर्ता गर्न आनाकानी गरिरहेको छ । नक्कली अन्तःशुल्क स्टीकरमा राजस्व र भन्सार कर्मचारीको मिलेमतो हुँदैआएको छ ।

    मदिरा उद्योगमा आन्तरिक राजस्व कार्यालयका एकजना कर्मचारी नै खटाउने व्यवस्था छ । उनकै निर्देशनमा अन्तशुल्कका स्टीकर टाँस्ने र निकासीका लागि राजस्व तिरेर आएपछि सोही कर्मचारीको रोहवरमा उत्पादित मदिरा बजारमा पठाउने कानुनी व्यवस्था छ । तर पछिल्ला दिनमा मदिरा उद्योगले ती कर्मचारी नै किनेर नक्कली अन्तशुल्क स्टीकर प्रयोग गरी करोडौं राजस्व मार्ने काम गर्दैआएका छन् । भारतीय सीमासँग जोेडिएका डिष्टलरीमा बढी नक्कली अन्तशुल्क स्टीकर प्रयोग गरी राजस्व छली हुँदैआएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार