Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ए डिभिजन लिगमा आज हुने ३ खेलहुने को–को भिड्दैछन् ?


    शनिबार, माघ २९ २०७८
    580
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज १० औं  चरणका तीन खेल हुँदैछन् । जसअन्तर्गत शीर्ष स्थानमा रहेको मछिन्द्र एफसीले रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबसँग दशरथ रंगशालमा खेल्नेछ । उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ ।

    त्यसैगरी आजै विभागीय टोली नेपाल पुलिस क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे नै खेल हुनेछ । यस सिजन एन्फा कम्प्लेक्समा खेल हुने लागेको यो पहिलो पटक हो र लिगको खेल आयोजना हुने यो तेस्रो मैदान बन्नेछ ।
    दशरथ रंगशाला बाहेक अखिल नेपाल फुटबल संघले यस पटक मनाङ मर्स्याङ्दीको तीन खेल पोखरा मैदानमा समेत खेलाएको थियो ।आजै दशरथ रंगशालामा दोस्रो खेल पनि हुनेछ । दशरथ रंगशालमा ४ः४५ बजे दोस्रो स्थानको मनाङ मर्स्याङ्दी र थ्रीस्टारबीचको खेल हुने भएको हो । मनाङ ९ खेलबाट १९ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको त्रिभुवन आर्मी शुक्रबार जावालखेलसँग बराबरीमा रोकिएपछि उपाधि होडमा मछिन्द्रलाई टक्कर दिने क्लबमा मनाङ नै छ ।

    थ्रीस्टार ९ खेलबाट १६ अंक जोडेर चौथो स्थानमा छ । मनाङलाई थ्रीस्टारले पराजित गरेमा मनाङसँग नै अंक बराबरीसमेत गर्नेछ ।

    कीर्तिमानी आठ पटक लिग जितेको मनाङलाई यसपटक उपाधि होडमा रहन यो खेल निकै महत्वपूर्ण छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार