Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • जन्ती बोकेको जीप दुर्घटना: २२ जना घाइते, तीनको अवस्था गम्भीर


    शनिबार, माघ २९ २०७८
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । भारतको उत्तर प्रदेशबाट दाङको चिसापानीमा जन्ती लिन आएको जीप दुर्घटना भएको छ ।

    भारत उत्तर प्रदेशको शङ्करपुरबाट दाङको राजपुर खरदरियामा दुलही लिन आउँदै गरेको जीप दुर्घटना भएको हो ।
    दुर्घटनामा परेर २२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
    घाइते सबैको लमहीमा उपचार भइरहेको बताइएको छ । जीप हिजो बेलुका गढवा गाउँपालिका वडा नम्बर–५ चिसापानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार