Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना नियन्त्रणमा छ महिनामा नौ अर्ब ६९ करोड खर्च


    शनिबार, माघ २९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं चालू आ व २०७८/७९ को पहिलो छ महिनामा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा झण्डै १० अर्व खर्च भएको छ ।
    अर्थमन्त्रालयले विहीबार  सार्वजनिक गरेको आ व २०७८/७९  अर्धवार्षिक मूल्याङ्कन प्रितवेदनमा अनुसार पहिलो छ महिनामा कोरोना नियन्त्रण,रोकथाम तथा उपचारमा नौ अर्व ६९ करोड २४ लाख  रूपियाँ खर्च भएको छ ।

    जसमध्ये सबैभन्दा बढी संघीय सरकारले सात अर्व ७४ करोड ५३ लाख खर्च गरेको छ । सात वटै प्रदेशबाट एक अर्ब ८८ करोड पाँच लाख खर्च भएको छ भने स्थानीय तहबाट भने छ कराेड ६६ लाख खर्च भएको तथ्यांक अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ । अघिल्लो आव २०७७/७८ मा कोरोना रोकथाम,नियन्त्रण तथा उपचारका लागि संघ,प्रदेश र स्थानीय तहबाट १३ अर्व ३१ करोड ४३ लाख खर्च भएको अर्थ मन्त्रालयको जनाएको छ ।

    covid.jpg

    आजको गोरखापत्र दैनिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार