Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनमा बर्डफ्लू संक्रमण पुष्टि


    शुक्रबार, माघ २८ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । चितवनको राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्मको कुखुरामा बर्डफ्लू पुष्टि भएको छ । फर्म रहेका लेयर्स कुखुरा रोगको कारण मर्न थालेपछि कुखुराको नमुना संकलन गरेर परीक्षण गर्दा बर्डफ्लू पुष्टि भएको हो ।

    फर्मको कुखुरा मर्न थालेपछि २५ माघमा नमुना संकलन गरी काठमाडौं पठाइएकोमा बिहीबार संक्रमण पुष्टि भएको हो । 

    चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरामा बर्डफ्लूको एचपाइभ एनवान संक्रमण देखिएको बताएका छन् ।

    बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको आज बसेको बैठकले बर्डफ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको प्रजिअ तामाङले बताए ।

    फर्ममा रहेका सबै कुखुरा नष्ट गरिने र पर्मको वरिपरि १ सय मिटरभित्र रहेका कुखुरासमेत नष्ट गर्ने निर्णय भएको उनले बताएका  छन् । उक्त फर्म स्थानीय किसान सोमनाथ चौधरीको हो ।

    फर्ममा चार हजार कुखुरा रहेकोमा दुई हजार तीन समय कुखुरा रोगका कारण मरिसकेको चौधरीले बताएका छन् । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार